NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

सेनाको विभिन्न पदमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले स्थायी पदपूर्तिका लागि विभिन्न पदमा १३७ जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित गरेर प्राविधिकलगायत पदहरूमा दरखास्त आह्वान गरेको हो ।

स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान भएका पदमा डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरी, डिस्प्याचरलगायत छन् ।

आवेदन शुक्रबारदेखि आगामी वैशाख २३ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म यसमा सहभागी हुन सकिने भर्ना छनोट निर्देशनालयले जनाएको छ ।

दरखास्त नेपाली सेनाको केन्द्रीय भर्ना छनोट निर्देशनालय, स्वयम्भूमा दिन सकिनेछ ।

हेर्नुहोस् विज्ञापन