तीन जहाज खरिद गर्न निगमले गर्यो बोलपत्र आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम भेगको उडानका लागि तीनवटा जहाज खरिद गर्न बोलपत्र आव्हान गरेको छ ।
आउँदो डिसेम्बर ५ तारिकसम्मका लागि लागू हुनेगरि निगमले आज आवेदन खुलाइएको हो ।
निगमले सार्वजनिक गरेको सूचनामा अन्तर्राष्ट्रिय जहाज निर्माता कम्पनीहरुलाई डिसेम्बर ५ सम्म प्रस्ताव बुझाउन आव्हान गरिएको छ ।
यसअघि निगमले तीनवटा साना जहाज खरिदका लागि अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको थियो ।
दुर्गम भेगमा आफ्नो उपस्थिती बढाउने उद्देश्यले निगमले यी तीन जहाज आफ्नै आन्तरिक स्रोतबाट निर्माता कम्पनीसँग खरिद गर्ने जनाएको छ ।
“Ticket not available but plane takes off with vacant seats” please understand the technical position called ” Load Penalty”. After that doubt will be cleared.