NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

कहाँ हुँदैछ यस वर्षको त्रिवि दीक्षान्त समारोह ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालको ४९औं दीक्षान्त समारोह पुस २ गते दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने भएको छ ।

त्रिविले सोमबार सूचना जारी गर्दै यस वर्षको दीक्षान्त समारोह दशरथ रंगशालामा हुने जानकारी दिएको हो।

दीक्षान्तमा सहभागी हुने विद्यार्थीहरूले तोकिएको दिन र स्थानमा बिहान ८ बजेदेखि १० बजेभित्र प्रवेश गरिसक्नु पर्नेछ ।

दीक्षान्त समारोहमा विद्यावारिधि र दीक्षान्त पदक र पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबैभन्दा अगाडिको लाइनमा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ।

दीक्षान्तका लागि गाउन र स्कार्फ यही मंसिर २४ गतेदेखि मंसिर ३० गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा बल्खुमा वितरण गरिनेछ।

ताजा अपडेट

नेपालवाच विशेष