NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

घुससहित पक्राउ परेको पाँच महिनामै सफाइ

काठमाडौं । कागेश्वरी मनोहरा, वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा र सोही बिद्यालयका प्रधानाध्यापक बुद्धि बिलास धितालले रिसवत घुस मुद्दामा सफाइ पाएका छन् ।

शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा घुस लिएको आधारमा उनीहरु गत साउनमा पक्राउ परेका थिए । १६ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई बिद्यायलबाकै छेउमा पक्राउ गरेको थियो ।

सो बिद्यालयमा शिक्षकमा नियुक्त भएका एक व्यक्तिले छिट्टै जागिर छाडे । उनको सक्कली शैक्षिक प्रमाणपत्र बिद्यालयमा थियो । त्यसरी भर्ना भएलगत्तै छाडेको भन्दै बिद्यालयले उनीसँग १६ हजार मागेको थियो । त्यो रकम प्रधानन्यायाधपक र अध्यक्षले मागेको भन्दै उनले अख्तियारमा उजुरी गरेका थिए । आयोगले सोही आधारमा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गर्ने क्रममा विवाद भएको थियो । सो पैसा आफुहरुले नभई बिद्यालयको नियमअनुसार बिद्यालयकै लागि लिएको उनीहरुको दाबी थियो । तर, रसिद भने दिएका थिएनन् । पक्राउ परेका दुवै जना स्थानीय स्तरमा लोकप्रिय व्यक्ति हुन्।

शुक्रबार बिशेष अदालतले प्रमाण नपुगेको भन्दै सफाइ दिने निर्णय गरेको हो।

ताजा अपडेट

नेपालवाच विशेष