NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सयौंलाई ठगी गर्ने कुँवरलाई मकाउबाट नेपाल ल्याइयो

काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भई फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका–१ घर भएका सफल राज कुँवर पक्राउ परेका छन् । उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

कुँवर लगायत अन्य व्यक्तिहरूले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी मकाउमा राम्रो काम हुन्छ भनी ठगी गरेको अपराध मुद्दाका फरार प्रतिवादी कुँवर मकाउमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०१८ सेप्टेम्बर ११ मा उनी विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो । लामो प्रयासपछि प्रहरीले उनलाई नेपाल ल्याएको हो । उनी हुन्डी कारोबारमा पनि संलग्न रहेको प्रहरी अधिकारी बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष