NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सुन आयोगका पदाधिकारीले लिए १५ लाख पारिश्रमिक

काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी(तस्करी) नियन्त्रण सम्बन्धि जाँचबुझ आयोगले ४४ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । जाँचबुझका क्रममा आयोगले त्यती खर्च गरेको हो ।
गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार तलबवापत अध्यक्ष र तीन सदस्यले १५ लाख ६८ हजार नौ सय ८५ रुपैयाँ बुझेका थिए । आयोगको सदस्यमा पूर्वआइजी सहकुल थापा, प्रेमराज जोशी र किशोरजंग कार्की थिए ।
त्यस्तै, आयोगमा कार्यरत अन्य कर्मचारीले ११ लाख ५४ हजार नौ सय ७० रुपैयाँ भत्ता बुझे । अन्य कर्मचारीलाई ५० प्रतिशत भत्ता दिइएको थियो ।
सवारी चालक, इन्धन र सवारी साधन वापतको सुविधा शीर्षकमा १५ लाख ३९ हजार नौ सय ९० रुपैयाँ खर्चभएको छ ।
अनुगमन र मूल्याङकनमा एक लाख ६९ हजार ६ सय ९७ तथा अन्य विविध शीर्षकमा १६ हजार नौ सय ५० खर्च भएको छ ।

विमानस्थलबाट चिनियाँ समुहले गरेको सुन तस्करीको विषयमा गत असोजमा सो आयोग गठन भएको थियो । आयोगले १ चैतमा प्रतिवेदन बुझाइसकेको छ ।