NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित सात जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यालयका इकाइका प्रमुख नवीन श्रेष्ठ र सब इन्जिनियर लोकबहादुर ठकुराठीविरुद्ध नौ लाख ४४ हजार अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो । उनीहरुले उपभोक्ता समितिबाट फिल्डमा गराएको भन्दै धेरै काम गरेको प्रतिवेदन दिएर भ्रष्टाचार गरेको आयोगको दाबी छ ।
वडा नम्बर ४ का तत्कालिन अध्यक्ष कृष्णबहादुर खत्रीविरुद्ध समेत मुद्दा दायर भएको छ । त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल, कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीविरुद्ध समेत मुद्दा दायर भएको छ ।