दिपेश पुनमाथि सुन तस्करीमा पनि छानविन हुने
काठमाडौैं । सुप्रिम सहकारीको ठगीमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन जेल चलान भएका छन् । जिल्ला अदालत, रुपन्देहीले चार लाख धरौटी बुझाउन भनेकोमा उनले धरौटी नबुझाएपछि जेल चलान भएका हुन् ।
पैसा नभएर धरौटी नबुझाएको उनको आफन्तले बताएका छन् । स्रोतका अनुसार छुटेलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गर्ने भएपछि उनले धरौटी नबुझाएका हुन् । प्रहरीले मुद्दा चलाउँदा अभियोगपत्रमै छुटी जाने भएमा सिआइबीमा उपस्थित गराइने उल्लेख छ । उनी सुप्रिम सहकारीको सचिवका रुपमा एक अर्ब धेरै हिनामिनामा संलग्न भएको प्रहरीको दाबी थियो । जिबी राईसँग मिलेर पुनले सहकारी ठगी गरेका हुन् ।
सुन तस्करी प्रकरणमा पुनमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ । सोही कारण उनले चार लाख धरौटी नबुझाएका हुन् । चिनियाँ समूहलाई सुन तस्करीमा सघाएको यसअघि छानविनमा देखिएको थियो ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया