NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

सफाइ पाएको चार दिनमै अर्थसचिव बने मरासनी

काठमाडौं । नेसनल पेमेन्ट गेटवे खरिदको भ्रष्टाचार मुद्दामा सफाइ पाएको चौथो दिन सचिव मधु मरासनीको अर्थ मन्त्रालयमा सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो । अर्थसचिव कृष्णहरी पुष्करको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

गत असोजमा सचिव मरासनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । बिशेष अदालतले सो मुद्दामा शुक्रबार फैसला सुनाएको हो । जसमा उनले सफाइ पाएका छन् । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल मात्र सो मुद्दामा दोषी ठहर भएका छन् ।

दुई वर्षअघि पनि मरासनी अर्थसचिव थिए । सहसचिवको रुपमा अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा नियम मिचेर नेसनल पेमेन्ट खरिदका लागि बजेट विनियोजन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।