NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

अब बन्ने सरकारमा रास्वपा सहभागी नहुने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने भनिएको नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ ।

एमाले र कांग्रेसबीच नयाँ राजनीतिक सहमति भएसँगै मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकारमा सामेल नहुने निर्णय लिएको हो ।

रास्वपाका एक सचिवालय सदस्यले अब बन्ने सरकारमा सहभागी नहुने निर्णय बैठकले गरेको जानकारी दिए ।

एमाले र कांग्रेसबीच मध्यराति सत्तासहकार्य गरेर अघि बढ्ने सहमति बनेसँगै प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ भने राजनीति तीव्र रूपमा तरंगित भइरहेको छ ।