आन्तरिक पर्यटक बढेसगैँ प्लास्टिकजन्य फोहर बढ्यो
चौतारा । आन्तरिक पर्यटक बढेसगैँ सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ । पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो ।
व्यवसायीले भिरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतानामूलक सरसफाइ अभियान गरी फोहर सङ्कलन गरिरहेको गाउँपालिका अध्यक्ष टाँसी लामाह्योल्मोले जानकारी दिए। पोखरी आसपास सफा देखिएको छ ।
तर व्यवसायीले भिरमा अव्यस्थितरुपमा फोहर फालिएको उनले बताए । दोबाटो होमस्टेका सञ्चालक मङ्गले तामाङ होटल बाट निस्कीएको फोहोर व्यवस्थीत गर्ने ठाँउ नहुँदा भिरमा फोहोर फालेको बताउँछन् ।
उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले सरसफाइलाई विशेष ध्यान दिई विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेको छ । फोहरमैला व्यवस्थापन गर्न चार वटा वडामा सङ्कलन केन्द्र निर्माण गरी काम अगाडि बढाएको ग्रामीण समाज कल्याणका कार्यक्रम संयोजक हर्क तामाङ बताउँछन् ।
घरैबाट कुहिने र नकुहिने फोहर छुट्याई सङ्कलन केन्द्रमा सङ्कलन गरिन्छ । कुहिने फोहरलाई कम्पोष्ट बनाउने प्रविधि सिकाइ पुनः प्रयोग गर्न सकिने फोहरलाई नयाँ सामग्री बनाइ बजारमा बिक्री गरी आयआर्जन गर्ने प्रयास गरिरहेको तामाङको भनाइ छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया