कार्यकाल थप्न र महाधिवेशन सार्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

पाँच वर्षमा पनि १४ औं महाधिवेशन नभएपछि ६ महिनाको म्याद थप गर्न र महाधिवेशन सार्ने घोषणाको लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी ५ फागुनमा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगामी फागुन १९ गतेबाट वर्तमान केन्द्रदेखि वडा तहसम्मकै कार्यसमितिहरुको म्याद सकिंदैछ । नियमित चार वर्षमा र थप एक वर्षको म्याद सकिन लाग्दासमेत पटकपटक घोषित १४ औं महाधिवेशन हुन सकेको छैन । यस अघि यही फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाविधेशन गर्ने घोषणा भएको थियो । तर, महाविधेशन हुने गरी आन्तरिक समायोजनदेखि सदस्यताको विषय नै कांग्रेसले टुंग्याउन सकेको छैन । अब संविधानले दिएको ६ महिनाको अवधिमा भने कुनै हालतमा १४ औं महाधिवेशन गर्नैपर्ने दबाब कांग्रेसलाई छ ।
ताजा अपडेट
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
-
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
-
गौशालामा बस दुर्घटना, ८ सवारी साधन ठोक्किए
प्रतिक्रिया