मूल्यवृद्धिको विरोधमा थाल ठटाउँदै सडकमा उत्रियो जसपा(फाेटाे फिचर)

काठमाडौं । जनता समाजवादी पार्टी निकट विद्यार्थीले मूल्यवृद्धि तथा महिला हिंसाको विरुद्ध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको माइतीघरमा जसपाका कार्यकर्ता तथा समर्थक थाल ठटाउँदै प्रतिगमन, मूल्यवृद्धि तथा महिला हिंसाका मुद्दालाई लिएर सडकमा उत्रिएका थिए । सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थमा बढाएको मूलयवृद्धि फिर्ता गर्न प्रदर्शनकारीको माग थियो । उनीहरूले ग्यास सिलिन्डर पनि राख्दै थाल र चम्चा ठटाएर विरोध गरेका थिए । समाजवादी विद्यार्थी युनियनको आयोजनमा भएको उक्त विरोधमा प्रदर्शनकारीले महिलामाथीको हिंसा बन्द गर, प्रतिगमनकारी कदम खारेज गरलगायतका नारा पनि लगाएका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया