NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका आलोचक अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनिएको घटनाको छानबिन गर्न आग्रह गरेका छन्। नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २०० किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो। उनलाई रूसी अदालतले २।५ वर्ष जेल सजाय तोकेको छ। विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने धारणा दोहोर्याएका हुन्। संयुक्त राष्ट्र सङ्घका अतिरिक्त न्यायिक निकाय, तथा मृत्युदण्डसम्बन्धी शीर्ष विज्ञ एग्नेस कालामार्ड र अभिव्यक्ति स्वतन्त्रता विशेषज्ञ इरेन खानले उक्त आह्वान गरे। ‘घरेलु अधिकारीहरूको कमजोर प्रतिक्रिया, प्रतिबन्धित रासायनिक हतियारको प्रयोग र लक्षित हत्याको स्पष्ट ब्यवहारका कारण घटनाको अन्तर्राष्ट्रिय अनुसन्धान गरिनु पर्छ । तथ्यहरू स्थापित गर्न र सबै कुरा स्पष्ट पार्न नाभाल्नीविरूद्धको विष प्रकरणबारेमा छानविन आवश्यक छ।’ -एजेन्सीकाे सहयाेगमा

ताजा अपडेट

नेपालवाच विशेष