फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सोमबार रातीबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । सबैमा प्रतिलिटर दुई रुपैयाँले मूल्य वृद्धि भएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६, डिजेल र मट्टितेलको ९९, हवाई इन्धनको आन्तिरिक तर्फ पाँच रुपैयाले मूल्य वृद्धि गरि ७२ रूपैयाँ ताेकिएकाे छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिद मूल्य बढेको जनाएको छ। मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा एक अर्ब ५४ करोड ६ लाख रुपैयाँ घाटा हुने दाबी गरेको छ । यसअघि पनि गत फागुन ४ मा डिजेल, पेट्रोल र मट्टितेलसँगै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढेको थियो ।
ताजा अपडेट
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
-
गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
प्रतिक्रिया