मोरङ पुगेका प्रधानमन्त्रीले भने, ‘दोभान आगलागीका पीडितलाई सरकारले राहत दिन्छ’

काठमाडौं । बस्ती शिलान्यास गर्न मोरङ पुगेका प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट पीडित भएकालाई सरकारले राहत दिने बताएका छन् । दोभानमा आज आगलागी हुँदा ४० भन्दा बढी घरहरू जलेर नष्ट भएका छन् । मोरङ पुगेका प्रधानमन्त्री ओलीले आयोजित कार्यक्रममा पीडितलाई राहत उपलब्ध गराउने र पुर्ननिर्माण गराउने काममा सरकार तत्काल लागि पर्ने बताउँदै घटनाप्रति दुःख प्रकट गरे । ‘मलाई अत्यन्तै दुःख लागेको छ । हाम्रा बस्तीहरू जल्नु ज्यादै दुखद कुरा हो’, प्रधानमन्त्ती ओलीले भने, ‘हाम्रा सुरक्षाकर्मीहरू त्यहाँ पुगेर उद्वारका काम गरिसकेका छन् ।’ प्रधानमन्त्री ओलीले आजै विर्तामोडस्थित आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’ र पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् ।
ताजा अपडेट
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
-
गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
प्रतिक्रिया