NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

सहिद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गरेका हुन् । उनले खेलको ४७औँ मिनेटमा पहिलो गोल गरेका हुन् । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गरेका हुन् । जीतसँगै बाँसबारीले आठ खेलमा १८ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अंक मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष