सरकार–विप्लव वार्ता समिति गठन सकारात्मक : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गर्न सरकारले गठन गरेको वार्ता टोलीबारे सकारात्मक धारणा व्यक्त गरेको छ । कांग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र ‘विप्लव’ समूहले वार्ताका लागि समिति गठन गर्नुलाई सकारात्मक रुपले लिएको जनाइएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सरकार र सो समूहले इमान्दारपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने विश्वास व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
-
गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
प्रतिक्रिया