NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

विप्लव समूह हतियार छाडेर आउनु सकरात्मकः डा. महत

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरेका हुन् । उनले भने, ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।’ फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गरेका थिए । उनले भने, ‘हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौं ।’ सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनको भनाइ थियो ।

ताजा अपडेट

नेपालवाच विशेष