NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

नेकपा अध्यक्ष ओलीले भेटे उपाध्यक्ष गौतम

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझेका छन् । प्रधानमन्त्री ओलीले गौतम निवास भैँसेपाटी पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुगेका थिए । गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र लडेर उनलाई सामान्य चोटपटक लागेको थियो ।