हुम्लामा भूमि आयोगको कार्यालय स्थापना

हुम्ला । भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका भूमिहीन सुकुम्वासीको व्यवस्थापनका गरिने एकबद्धता व्यक्त गरेका थिए । आयोगका विज्ञ सदस्य बुध भण्डारीले जिल्लामा पहिलोपटक भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु समस्याको समाधानका खुशीको कुरा भएको बताए । आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराउनुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले दिए । सरकारले सुनारको अध्यक्षतामा यांजुम रोकाया र भण्डारीलाई सदस्यमा नियुक्त गरेको छ ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया