पाकिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु

काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् । उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो । उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया