कांग्रेस नेता गिरीलाई पितृशोक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका पिता प्रजातन्त्र सेनानी लोकमणि गिरीको आज तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य दीपक गिरीलगायत सबै शोकसन्तप्त परिवारजनमा पार्टी र अफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । विसं १९९४ मा जन्मिएका गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाइएको छ ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया