यी क्षेत्रमा वर्षाकाे सम्भावना

आइतबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका कारण उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ। ‘देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू(भागहरुको थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङसहित वर्षा को सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ। आइतबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा वागमती र प्रदेस १ का एक वा दूई स्थानमा मेघ गर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ।
प्रतिक्रिया