आज पुनर्स्थापित संसद्को पहिलो बैठक

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार ४ बजे बस्दै छ। ५ पुसमा प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा पुनर्स्थापित गरेपछि बैठक आइतबार बस्न लागेको हो। यो प्रतिनिधिसभाको सातौं अधिवेशन हो। सत्तासिन नेकपा कानुनी रुपमा विभागजन भइनसकेको अवस्थामा बैठक बस्न थालेको हो। यद्यपि, नेकपा छुट्टाछुट्टै २ समूहमा विभाजन भइसकेकाले प्रधानमन्त्री ओलीलाई बैठक सामना गर्न सहज छैन। प्रचण्ड—नेपाल समूहको नेकपाले ओलीलाई राजीनामा दिन भनिरहे पनि उनले संसदमै सामना गर्ने बताएका छन्। यो अवस्थामा अविश्वासको प्रस्ताव आउन सक्ने पनि ठानिएको छ। संघीय संसदको सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आइतबार दिउँसो ४ बजे बैठक बस्दैछ, सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद् अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। लगत्तै सभामुख सापकोटाले नै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा सुनाउने छन्।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया