भिम रावल भन्छन्– अहिलेका वर्तमान पार्टीका प्रधानमन्त्री कुन पार्टीका हुन् स्पष्ट भन्नुपर्यो

काठमाडौं । प्रचण्ड नेपाल समूहका नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टीका हुन भन्ने कुरा स्पष्ट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सर्वोच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसलाको प्रसंग ल्याउँदै रावलले प्रधानमन्त्री ओली कुन पार्टीका हुन भन्ने कुरा स्पष्ट हुनुपर्ने बताएका हुन् । उनले भने, ‘सर्वोच्च अदालतले अब पार्टी निर्माण गर्ने । यो कानुनी फैसला हो कि राजनीतिक फैसला हो ? अब हामीले विचार विमर्ष गनुपर्ने छ ।’ नेपाल कम्यनिष्ट पार्टीको विवाद बारे सर्वोच्चले गरेको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हुन भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउँदै उनले भने, ‘यदि नेकपा होइन भने सभामुख महोदय, अहिलेका प्रधानमन्त्री कुन पार्टीको भन्नुपर्यो अध्यादेश ल्याउनुअघि । प्रधानमन्त्रीले कुन पार्टिको प्रतिनिधित्व गर्नुहुन्छ, त्यो कुन सरकारको भन्ने कुरा स्पष्ट हुनुपर्यो ।’
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया