कार्यकालकाे पहिलाे १०० दिनमा २० कराेडलाई काेराेना खाेप दिने अमेरिकी राष्ट्रपतिकाे लक्ष्य
अमेरिकी राष्ट्रपति जो बाइडनले कार्यकालकाे पहिलाे १०० दिनमा २० कराेडलाई काेराेना खाेप लगाउने लक्ष्य प्रस्तुत गरेका छन्। राष्ट्रपति बनेपछि बिहीबार पहिलाे आधिकारिक प्रेस कन्फ्रेन्समा उनले याे घाेषणा गरेका हुन्। बाइडनले भने, ‘ आज म दाेस्राे लक्ष्य निर्धारण गर्न जाँदैछु हामी आफ्नाे कार्यकालकाे पहिलाे १०० दिनमा २० कराेड मान्छेलाई खाेप दिनेछाैं।’ उनले अगाडि भनेका छन्, ‘ म जान्दछु याे महत्वाकांक्षि छ, हाम्राे मूल लक्ष्यकाे दुईगुणा। तर काेही दाेस्राे देश यसकाे नजिक पनि आउन सकेकाे छैन। हामी गर्दैछाैं मलाई पूर्ण विश्वास छ हामी याे गर्न सक्छाैं।’ अमेरिकाले हालसम्म काेराेना खाेपकाे करिब १३ कराेड डाेज दिइसकेकाे छ। बिबिसीका अनुसार करिब १ घन्टा चलेकाे कन्फ्रेन्समा कुनै पनि पत्रकारले अमेरिकामा कायम स्वास्थ्य संकट र काेराेनाबारे कुनै सवाल उठाएनन्।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया