सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादीको निर्णयमा नेता नेपालको साथ
काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । भेट बिहीबार राति कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको बुझिएको छ । नेकपा बदर भएर पहिलेकै अवस्थामा पुगेपछि पहिलोपटक दुवै नेताले भेटेका हुन् । उनीहरुबीच एमाले र माओवादीलाई ब्युँताइदिने गरी सर्वोच्चले फागुन २३ मा गरेको फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ । सर्वोच्चले नेकपाकाे नामसम्बन्धी मुद्दामा फैसला गर्दै एमाले र माओवादी एकता भई बनेको नेकपालाई बदर गरिदिएको थियो । यसअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भने सर्वोच्चको उक्त फैसलाको पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ । यसका लागि कानुन व्यवसायीको सल्लाहसमेत लिइएको थियो । नेता नेपालसँगको भेटमा दाहालले यसबारे समेत जानकारी गराएको बुझिएको छ । नेपालले उक्त कदममा आफूहरूको समर्थन रहने बताएका छन् ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया