वायुप्रदुषणले ढाक्यो काठमाडौंकाे आकाश, एयरपोर्ट बन्द
काठमाडौं । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा तुवाँलो बढेको छ । शुक्रबार बिहानैदेखि घाम लागेको छैन् भने कतैबाट पनि हावा चलेको छैन । मौसदविद्हरुका अनुसार खडेरीका कारण हावा सुख्खा भएको र हावाले धुवाँ र धुलो काठमाडौं उपत्यकामा ल्याएका कारण उपत्यकामा प्रदुषण बढेको हो । प्रदुषणका कारण घर बाहिर निस्किँदा पनि आँखा पोल्ने तथा घाँटीमा खसखस हुने समस्या भएको सर्वसाधारण भोग्नुपरेको छ ।शुक्रबार काठमाडौं उपत्यकामा अत्याधिक बढेको प्रदुषण भक्तपुरमा ३०५ एक्युआई (एयर क्वालिटी इन्डेक्स), कीर्तिपुर २२१ र काठमाढौंको भैंसेपाटीमा ४७० एक्युआइ देखिएको छ । प्रदुषण बढेसँगै आकाशमा भिजिबिलिटी पनि कम भएको छ । जसकाराण त्रिभुवत अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । सँगै अवतरण गर्ने विमानहरु पनि प्रभावित भएका छन् । विमानस्थल प्रशासनका अनुसार शुक्रबार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया