कांग्रेस नेता जोशीको निधनपछि नर्भिक हस्पिटलले निकाल्यो यस्तो विज्ञप्ति
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएपछि नर्भिक हस्पिटलले विज्ञप्ति जारी गरेको छ । मष्तिष्कघात भएपछि उनलाई १४ फागुननमा नर्भिक हस्पिटलको आइसीयुमा राखेर उपचार गरिएको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार बिहानदेखि नै जोशीको मुटुले समेत काम गर्न छोडेको अस्पताल स्रोतले बताएको छ । याे पनि पढ्नुस् जनताका सारथी जोशिला जोशी जो अल्पायुमै अस्ताए फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको हो । मस्तिष्कघातको लक्षण देखिएपछि हस्पिटलले उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री, पूर्वसांसद र काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका थिए । तस्बिर गुगल
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया