NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

जवाफ नदिएपछि पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने फेरि स्पष्टीकरणको मौका दिएका छन् । पहिलोपटको स्पष्टीकरणमा जवाफ नपठाएका नेताद्वय पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण सोधिने भएको छ । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित तीन दिनभित्र पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको नेकपा एमालेले जनाएको छ । पार्टीहित विपरित काम गरेको भन्दै एमालेले नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेको थियो । नेपाल र रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति प्रतिप्रश्न सोध्दै स्पष्टीकरण पत्र बुझाएका थिए । स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै एमालेले नेपाल र रावललाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।