अन्ततः गयो माओवादी छोडेका चार मन्त्रीको सांसद पद
काठमाडौं । माओवादीबाट एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद गएको छ । माओवादी छोडी एमाले प्रवेश गरेका चार जना संघीय सांसदले दल त्याग गरेको पत्र माओवादीले संसद सचिवालयमा दर्ता गरेको थियो । माओवादीको पत्रपछि सभामुख अग्निप्रसाद सापकोटाले चार जना सांसदको पद खारेज भएको जानकारी बिहीबारको प्रतिनिधिसभा बैठकलाई गराएका हुन् । यसरी पद खारेजीमा पर्नेमा कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह, अर्घाखाँचीका टोपबहादुर रायमाझी र कैलाली–३ का गौरीशंकर चौधरी छन् । प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको कदमलाई साथ दिंदै यी चार जना सांसदहरु केपी ओली पक्षमा लागेका थिए । सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, चौधरी श्रम र साह सहरी विकास मन्त्री थिए । सांसद पद खारेज भएसँगै उनीहरु मन्त्रीबाट पनि स्वतः हटेका छन् । मन्त्रीमा कायमै हुने हो भने पुन नियुक्ति हुनुपर्नेछ ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया