कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत
सुर्खेत । सामूहिक राजीनामा दिएका कर्णालीका तीन जना मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार उनीहरुको राजीनामा स्वीकृत गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री माननीय दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले दिएको राजीनामा स्वीकृत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिए । उनीहरुको राजीनामा स्वीकृत गरिएपछि खाली रहेको मन्त्रालयका जिम्मेवारी अन्य मन्त्रीलाई दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय नरेश भण्डारी र भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विमला केसीलाई दिइएको छ ।
ताजा अपडेट
-
सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो
-
पर्वतको कुश्मामा खानेपानीको अभाव, लोडसेडिङ सुरु
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया