हरिद्वार महाकुम्भमा शाही स्नान गर्दै पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएका छन् । कुम्भ मेलामा आयोजना गरिएको ‘शाही स्नान’ मा पनि सहभागी भएका छन् । उनले भाग लिएको शाही स्नान यस वर्षको दोस्रो हो । यसअघि गत ११ मार्चमा महाशिवरात्रीको दिन पहिलो शाही स्नान भएको थियो । दोस्रो शाही स्नान आज भइरहेको छ भने तेस्रो पर्सी बुधबार हुने बताइएको छ । कुम्भ मेलामा शाही स्नान निकै महत्वपूर्ण मानिन्छ । भारतमा कोरोना महामारी अनियन्त्रितरूपमा फैलिइहरँदा ठूलो भीडभाडसहित कुम्भमेला आयोजना भइरहेको छ । यो मेलालाई संसारभरकै धेरै मानिसहरू एकैचोटि भेला हुने स्थलका रूपमा प्रचारित गर्ने गरिएको थियो । यसपाली मेलामा आउनेहरूलाई पीसीआर टेस्ट अनिवार्य गरिएको छ । १२ वर्षको अन्तरालमा आयोजना हुँदै आए पनि यसवर्षमा ११ वर्षकै अवधिमा महाकुम्भ मेला आयोजना भएको हो ।
ताजा अपडेट
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
-
रवि लामिछानेको सम्पत्ति सार्वजनिक, अधिकांश श्रीमतीको नाममा
-
कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?
-
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
-
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया – सहकारी ठगीबारे लेख्न एक इन्च पछि हटिन्न
प्रतिक्रिया