भारतीय पूर्वप्रधानमन्त्री सिंहलाई कोरोना संक्रमण
भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ। ‘पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उहाँलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,’ एम्सद्वारा जारी वक्तव्यमा उल्लेख छ। उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन्।
प्रतिक्रिया