सेती प्रादेशिक अस्पतालमा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द
कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको धनगढीमा रहेकाे सेती प्रादेशिक अस्पतालले आज बिहिबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेकाे छ। टीकापुरमा रहेकाे टीकापुर अस्पतालले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेकाे छ। कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् । अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा बिहीबारदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन् । ‘कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउनसमेत नागरिकलाई अनुरोध गरेका छौँ,’ टीकापुर अस्पतालका डा रमेशप्रसाद उपाध्यायले भने, ‘कोरोना सङ्क्रमणका बिरामीलाई धान्न सक्ने अवस्था छैन । अब अस्पतालमा अन्य बिरामीको भीड गर्न थप जोखिम भएको छ। अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन।’
ताजा अपडेट
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
प्रतिक्रिया