नारायणी अस्पतालमा २८८ काे स्वाब परीक्षण गर्दा १६९ मा काेराेना पुष्टि
पर्सास्थित वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाब परीक्षण गर्दा १६९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। बिहीबार बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समूहका १३३ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएकाे छ। संक्रमितमध्ये पर्साका १४० छन् भने बाराका २४ रहेका छन्। यसैगरी, रौतहटका तीन र सप्तरी तथा दैलेखका एक-एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
ताजा अपडेट
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
-
सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते
प्रतिक्रिया