हत्या आरोपमा बाबुछोरा पक्राउ
जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोटका सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो । अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए । उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको वयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । रासस
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया