कञ्चनपुरको महाकाली अस्पतालमा थप ३ संक्रमितको मृत्यु
कञ्चनपुर । सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुधबार राति २ जना र बिहीबार बिहान १ जनाको मृत्यु भएको हो । बुधबार राति मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका-१ का ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय पुरुष छन् । भीमदत्त-१८ का ३६ वर्षीय महिलाको भने बिहीबार बिहान मृत्यु भएको हो । दोधारा चाँदनीका पुरुषलाई केही दिनअघि भारतबाट फर्किंदा गड्डाचौकी नाकामा गरिएको एन्टेजिन परीक्षणमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । बुधबार बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पतालको आईसीयूमा भर्ना गरिएकोमा बेलुका उनको मृत्यु भएको हो । अर्का पुरुष रक्त क्यान्सरका बिरामी हुन् । बुधबार बिहान रगत चढाउन आएका उनलाई संक्रमण देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो । भीमदत्त-१८ की महिलालाई भने वैशाख ११ मा अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि बुधबारदेखि उनको पनि स्वास्थ्य अवस्था नाजुक बनेको थियो । हाल महाकाली अस्पतालमा ६० संक्रमितको उपचार भइरहेकोमा ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया