निषेधाज्ञामा शववाहन, एम्बुलेन्स चाहिएमा वा कुनै गुनासा भए यी नम्बरमा फोन गर्नुहोस्
काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले सङ्क्रमण र निषेधाज्ञामा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सीसीएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल सुनवाइ र कार्यान्वयन गर्न संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै, शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सीसीएमसीले अनुरोध गरेको छ । यसैगरी, विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट ccmc.gov.np मा रहेको फाराम भर्न अनुरोध गरिएको छ । यसरी सङ्क्रमण र निषेधाज्ञामा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म निषेधाज्ञा घोषणा गरेको छ । (रासस)
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया