भट्टराई–यादवद्वारा महन्थसहित चार नेतालाई पार्टीबाट निष्कासन
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षका चार नेतालाई पार्टीबाट निष्कासन गरेका छन् । भट्टराई–यादव पक्षको बसेको केन्द्रीय कार्यकारिणी बैठकले मंगलबा महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको जसपाले जनाएको छ । काठमाडौंमा उपलब्ध सदस्यको बैठकले उनीहरूलाई कारबाही गरेको हो । यसअघि नै दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधिसकेका छन् । भट्टराई–यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए । ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ । यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफू निकट नेतासँग छलफल गरिरहेका छन् । कार्यकारिणी समितिमा भट्टराई–यादव पक्षका बहुमत छ भने, संसद्मा महन्थको पक्षमा बहुत छ । ३२ मध्ये १२ जना भट्टराई–यादव समूहमा छन् भने, २० सांसद महन्थ पक्षमा छन् ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया