बझाङमा भन्सार छलीको सामान बरामद
चैनपुर । बझाङमा प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ । प्रहरी बेश देउलेखबाट खटिएको प्रहरी टोलीले जिल्लाको वित्थरचिर गाउँपालिका वडा नं. ४ मल्ला भतडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो। धनगढीबाट बझाङ तर्फ आइरहेको से. १ ख ८५९ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा ट्रकभित्र गहुँको बोराको बीचमा लुकाइएको अवैध चिनी र सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए । ६९ हजार बराबरको ५० किलो ग्रामका २३ कट्टा चिनी र ७ हजार ५ सय रुपैयाँ बराबरको १५० पोका अवैध झुम्का सुपर पावर सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ११ घर भएका हाल बझाङको जयपृथ्वी नगरपालिका १० बस्ने दिपक बहादुर कुँवर र ट्रक चालक कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने राजेन्द्र तिवारीलाई पक्राउ गरिएको छ। ट्रक सहित उनिहरुलाई आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको बताइएको छ ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया