NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

चीनले महामारी फैलाएको आरोप लगाउँदै ट्रम्पले मागे क्षतिपूर्ती

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चीनलाई कोरोना भाइरस फैलाएको आरोप लगाएका छन् । शुक्रबार जारी एक बयानमा ट्रम्पले चीनले महामारी फैलाएर अमेरिका र बाँकी दुनियालाई पुर्याएको नोक्सानी व्यहोर्नुपर्ने बताएका छन् । ट्रम्पले भने, ‘चीनले अमेरिका र दुनियालाई १० हजार अर्ब डलर दिनुपर्छ । उसले संसारभर मृत्यु निम्त्याएको छ ।’ यतिबेला अधिकांश व्यक्तिले राष्ट्रपछि ट्रम्पको भनाईमा सहमति राख्दै महामारी वुहानकै ल्याबबाट फैलिएको बताउन थालेका छन् । ट्रम्पले कोरोना चीनलाई भाइरस फैलिएको आरोप लगाएको यो पहिलो पटक होइन । पछिल्लो वर्ष राष्ट्रपति चुनावमा पनि ट्रम्पले यो विषय धेरै पटक उल्लेख गरेका थिए । उनले आफूसँग चिनियाँ षड्यन्त्रको प्रमाणसमेत रहेको दाबी गरेका थिए । यसपटक भने उनले चीनसँग विश्वलाई पुगेको क्षतिपूर्तिको माग गरेका छन् । यस्ता छन् ट्रम्पले राष्ट्रपति हुँदा चीनबारे दिएका पाँच बयान – चीनले जे पनि गरेको छ, अमेरिकाले यसलाई कहिल्यै बिर्सिने छैन । कोरोना महामारी सुरु नभएको बेलासम्म हामी चीन भन्दा धेरै अघि थियौं। – चीनमा के भइरहेकोछ, यो कसैलाई थाहा छैन । किनभने कसैले केही देखेका छैनन् । – कोरोना भाइरस चीनबाटै निस्किएको हो भन्नेमा कुनै शंका छैन । चीनले भाइरसलाई रोक्नुपथ्र्यो । नियन्त्रण गर्ने काम चीनले सजिलै गर्न सक्थ्यो । तर, उसले रोक्नै चाहेन । त्यसको नतिजा अहिले दुनियाँले भोगिरहेको छ । – कोरोना भाइरस वुहानको ल्याबबाट निस्किएकोबारे अमेरिकासँग प्रमाण छ । हामी थप केही रिपोर्टको पर्खाइमा छौं । यो भाइरस यूरोप, अमेरिका हुँदै पुरै दुनियाँलाई चपेटामा पारिसकेको छ । चीनमा ‘ट्रान्स्पेरेन्सी’ भन्ने चिज नै छैन । – म चीनसँग यसबारे वार्ता गर्न तयार छैन । चीनले अमेरिका र दुनियाँसँग जे गरेको छ, त्यो हाम्रो सोचाइ भन्दा धेरै टाढा छ ।