NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

राष्ट्रपतिको आपत्तिजनक ट्विट डिलिट गर्दा नाइजेरियामा ट्विटरमाथि प्रतिबन्ध

नाइजेरियाका राष्ट्रपति मुहामदु बुहारीको ट्विट कम्पनीले डिलिट गरेपछि त्यहाँको सरकारले अनिश्चित कालका लागि ट्विटरलाई प्रतिबन्ध लगाएको छ । नाइजेरियन सरकारको सुचना तथा संस्कृति मन्त्रालयले शुक्रबार निकालेको आधिकारिक सुचनाअनुसार ट्विटरलाई अनिश्चितकालका लागि प्रतिबन्द लगाइएको छ । त्यहाँको मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर ह्याडलमा सुचना सम्प्रेषण गर्दै ट्विटरलाई देशमा प्रतिबन्द लगाइएको जनाएको छ । उक्त सुचनामा भनिएको छ, ‘संघीय सरकारले माइक्रोब्लगिङ्ग सोशल नेटवर्किङ साइट ट्विटरको सञ्चालनलाई अनिश्चित कालका लागि नाइजेरियामा प्रतिबन्ध लगाएको छ ।’ गत मंगलबार बुहारीले गरेको ट्विटलाई आपत्तिजनक भन्दै ट्विटरले हटाएको थियो । उक्त ट्विटमा राष्ट्रपति बुहारीले देशका दक्षिणपूर्वि क्षेत्रमा मानिसहरुलाई धम्की दिएका थिए । सँगै उनले आफ्नो ट्विटमा देशका सार्वजनिक पूर्वाधारमा बारम्बार हुने आक्रमणको दक्षिणपूर्वि क्षेत्रका मानिसहरु जिम्मेवार भएको आरोप लगाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष