NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पूर्वरक्षा मन्त्री ईश्वर पोखरेलको गैरजिम्मेवारीले उपरथीलाई अन्याय

पोखरेलको निर्णयविरुद्ध अदालतको शरण

काठमाडाैं । नेकपा (एमाले) का महासचिव एवं पूर्वउपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल हुस्सु हुन् वा न्यायाधीश ? पोखरेलको कार्यशैलीले यतिबेला यही प्रश्न उब्जिएको छ ।  रक्षा मन्त्रीको कुर्सीमा छँदा पोखरेलले नेपाली सेनाका उपरथी प्रेम शाहीको जन्ममितिलाई एक वर्ष बढाएर प्रमाणित गरिदिएपछि उनको कार्यशैलीलाई लिएर प्रश्न उठेको हो । नेपाली सेनाका उपरथी एवं पश्चिम कमाण्डका कमाण्डर प्रेम शाहीले नागरिकता, शैक्षिक प्रमाणपत्र र विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रमा जन्ममिति फरक परेकोले सच्याई पाउँ भन्दै सैनिक मुख्यालय भद्रकालीमा निवेदन दिएका थिए ।  डोटी पुख्र्यौली थलो भएका शाहीले काठमाडौंको बुढानीलकण्ठ स्कुलमा पढेर ०३९ सालमा एसएलसी पास गरेका थिए । शाहीका अनुसार उनले एसएलसी दिएकै साल अर्थात ०३९ सालमा नै नागरिकता बनाए । नागरिकतामा उनको जन्ममिति ०२३ पुस २३ गते उल्लेख थियो ।  तर, कक्षा आठको जिल्ला स्तरीय परीक्षादेखि एसएलसीको प्रमाण पत्रसम्म शाहीको जन्ममिति ०२३ पुस २२ उल्लेख रहेछ । अर्थात शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेरमा एक दिनको अन्तर परेको थियो । यसपछि कक्षा आठदेखि एसएलसीसम्मको शैक्षिक प्रमाणपत्र अनुसार नागरिकतामा मिति सच्याई पाउँ भन्दै शाहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिए । निवेदन अनुसार ०२३ पुस २३ गते जन्ममिति भएको शाहीको पुरानो नागरिकता खिचेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले ०२३ पुस २२ गते जन्ममिति भएको नागरिकताको प्रतिलिपि दियो । शाहीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक दिन जन्ममिति सच्याएको नागरिकताको प्रतिलिपि २०४३ साल भदौ १६ गते दिएको थियो । त्यसबेला उनी नेपाली सेनामा प्रवेश गरेकै थिएनन् । शाही ०४३ साल फागुन ३ गतेबाट नेपाली सेनाको सहायक सेनानी पदमा भर्ना भएका थिए । केही महिना तालिम गरेपछि उनी सेनाको अधिकृत भएर असार ०७७ देखि उपरथीमा पदोन्नती भएका छन् । तर, बुढानीलकण्ठ स्कुलले चारित्रिक प्रमाणपत्र (कसको सन्तान, कहिले, कहाँ जन्मिएको भनेर दिने प्रमाणपत्र) मा भने शाहीको जन्ममिति इस्वी संवत्मा सन् १९६६ जनवरी ४ उल्लेख गरेको रहेछ । अर्थात विद्यालयले चारित्रिक प्रमाणपत्र दि“दा शाहीको जन्ममिति अंग्रेजीमा लेखेको रहेछ । त्यो मिति नेपालीमा रुपान्तरण गर्दा २०२२ साल पुस २० गते हुन्छ । बुढानीलकण्ठ स्कुलले त्यो भन्दा अझ् ठूलो त्रूटी त के गरेको रहेछ भने शाहीले एसएलसी पास गरेको साल समेत ०३६ उल्लेख गरेको रहेछ । एउटै विद्यालयले दिएको शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रमा शाहीको उमेर एक वर्ष दुई दिन तलमाथि त छ नै, एसएलसी पास गरेको अवधि समेत तीन वर्ष गढबढ गरेको रहेछ ।  उपरथी शाहीका अनुसार उनले सेनामा भर्ना हु“दा नागरिकता, शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र सबै बुझाएका थिए । तर, सैनिक मुख्यालय जंगी अड्डा भद्रकालीले उनको जन्ममितिमा बुढानीलकण्ठ स्कुलले दिएको उनको चारित्रिक प्रमाणपत्रमा उल्लेख १९६६ जनवरी ४ लाई नेपालीमा परिवर्तन गरेर २०२२ साल पुस २० गते उल्लेख गरेको रहेछ । । सैनिक मुख्यालयले उनलाई त्यसको जानकारी दिएको थिएन । उनले पनि खोजेर हेरेका थिएनन । प्रथम श्रेणीको अधिकृत भइसकेपछि केही वर्ष अघि मात्र शाहीले शैेक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रमा आफ्नो उमेर एक वर्ष २ दिन तलमाथि परेको भेउ पाए । यति मात्र होइन, बुढानीलकण्ठ स्कुलले चारित्रिक प्रमाणपत्रमा एसएलसी पास गरेको वर्षसमेत ०३६ साल उल्लेख गरेको यही बेला जानकारी पाए । विद्यालयले चारित्रिक प्रमाणपत्रमा उल्लेख गरेको जन्ममिति र एसएलसी गरेको भनेर जनाएको साल अनुसार शाही १४ वर्षमा नै एसएलसी पास भएको देखिन्छ ।    बूढानीलकण्ठ स्कुलका पूर्वप्रधानाध्यापक केशर खुलालका भनाइमा त्यस स्कुलको पहिलो व्याचले ०३६ सालमा एसएलसी दिएको हो । पहिलो व्याचमै ११ जनाले एसएलसी बोर्डमा नाम निकालेर तहल्का मच्चाएका थिए । ‘उहाँ (प्रेम शाही) बुढानीलकण्ठ स्कुलको चौथो व्याच हो । उहा“ले ०३९ सालमा एसएलसी दिएर पास गर्नु भएको हो । म प्रिन्सिपल हु“दा उहा“ले जन्ममिति, एसएलसी पास गरेको वर्ष नै फरक परेको भन्दै निवेदन दिनु भएको थियो’, खुलाल नेपालवाचस“ग भन्छन्, ‘मैले त्यस ब्याचको सबै रेकर्ड हेरेको थिए । ट्रान्सकिप्ट दिने, क्यारेक्टर सर्टिफिकेट दिनेले कसरी ०३६ साल लेख्न पुग्यो, त्यो चाहि“ एकदम स्वत गल्ती नै हो । अहिले पनि स्कुलमा सबै रेकर्डहरु छ“दैछन् । पुरै चेक गर्न सकिन्छ ।’  पूर्वप्रधानाध्यापक खुलाल थप्छन्, ‘उहा“ले ०३९ सालमा एसएलसी दिएको भन्नेमा एकदम निसन्देह नै भइहाल्यो । त्यसपछि कुरा रहयो, अंग्रेजी मितिलाई नेपालीमा रुपान्तरण गर्दाको । जन्ममितिको विषयमा स्कुलस“ग भएको रेकर्ड भिडाउने हो । त्यसलाई भेरीफाइ गर्दा गल्ती भएको पाइएपछि सोही अनुसार हामीले करेक्सन गरेको कपी दिएका थियौं । ति रेकर्डहरु अहिले पनि स्कुलस“ग सुरक्षित नै छन् । त्यसैले कमजोरी बुढानिलकण्ठबाटै भएको हो ।’ बुढानीलकण्ठ स्कुलले शाहीको चारित्रिक प्रमाणपत्रमा रहेको जन्ममिति र एलएलसी पास गरेको वर्ष सच्याईदिएपछि उनले आफ्नो सिटरोलमा जन्ममिति मिलाई दिन भनेर तत्कालीन बलाधिकृतको कार्यालयमा निवेदन दिएका थिए । सैनिक कर्मचारीको नाम, उमेरलगायत सिट रोल बलाधिकृत रथीको कार्यालयले सच्याउ“छ । शाहीले निवेदन दि“दा बलाधिकृत रथी अहिलेका  प्रधान सेनापति पुर्णचन्द्र थापा नै थिए । रथी थापाको अध्यक्षतामा गठन भएको बोर्डले २० चैत्र ०७४ मा शाहीको जन्ममितिमा एकरुपता कायम गर्ने राय दिएको थियो ।  थापा अध्यक्षताको बोर्डको राय अनुसार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले शाहीको जन्ममितिमा एकरूपता कायम निर्देशन दिए । यसपछि ६ जेठ ०७५ मा शैक्षिक प्रमाणपत्र, नागरिकता र चारित्रिक प्रमाणपत्र अनुसार शाहीको जन्ममिति ०२३ पुस २२ गतेको एकरूपता कायम गरिएको थियो । यसपछि तत्कालीन सैनिक सचिव विभागले तत्कालीन रक्षा मन्त्री रक्षामन्त्री ईश्वर पोखरेललाई १५ जेठ ०७५ मा नै पत्रचार गरी जानकारी गराएको थियो ।  तर, तत्कालीन रक्षा मन्त्री पोखरेलले शाहीको नागरिकता, एसएलसीको ‘ट्रान्सक्रिप्ट’, बुढानीलकण्ठ स्कुलले सच्याएर पठाएको जन्ममिति सबैलाई अस्वीकार गरिदिएका थिए । तत्कालीन रक्षा मन्त्री पोखरेलले शाहीको जन्ममिति २०२२ साल पुस २० गतेलाई कायम गर्नु भनी मन्त्रीस्तरीय निर्णय गरेर सैनिक मुख्यालयलाई पत्रचार गराएका थिए । शाहीको कक्षा आठदेखि स्नातकसम्मका शैक्षिक प्रमाणपत्र, नागरिकतामा जन्ममिति २०२३ साल पुस २२ गते छ । बुढानीलकण्ठ स्कुलले समेत वर्षौपछि आफ्नो गल्ती स्वीकार गरेर शाहीको उमेर ०२३ साल पुस २२ गते नै कायम गरेको छ । जुन सच्याई पत्रमा तत्कालीन प्रधानाध्यापक केशर खुलालले हस्ताक्षर गरेका छन् ।  तर, तत्कालीन रक्षा मन्त्री पोखरेलले बुढानीलकण्ठ स्कुलले सच्याएको प्रमाणपत्रलाई मान्यता नदिई पुरानै जन्ममिति अर्थात ०२२ पुस २० गतेलाई नै कायम गर्नु भनेर सैनिक मुख्यालयलाई पत्रचार गरेका थिए । पोखरेलको यो निर्णयले उपरथी शाहीलाई ठूलै अन्याय परेको देखिन्छ । नेपालवाचले पूर्वरक्षा मन्त्री पोखरेलेस“ग सम्पर्क प्रयास गरेको थियो । तथापि, उनीसँग कुराकानी हुन सकेन ।  तत्कालीन रक्षामन्त्री पोखरेलले गरेको अन्यायविरुद्ध शाही सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन गएका छन् । रथीमा बढुवा भएपछि ८ पुस ०७७ मा शाही सर्वोच्च अदालत गुहार्न गएका थिए । उनले रक्षा मन्त्रालय, रक्षामन्त्री तथा रक्षा निर्देशन समिति अध्यक्ष, रक्षा निर्देशन समिति, रक्षा मन्त्रालयको कर्मचारी प्रशासन शाखा र सैनिक मुख्यालय जंगीअड्डा भदै्कालीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् । भलै, सर्वोच्चले यो मुद्दाको छिनोफानो गरेको छैन ।  स्मरण रहोस्, पुर्णचन्द्र थापा प्रधान सेनापति भएपछि असार ०७७ मा उपरथीमा बढुवा हुनुसम्म अघि शाही सैनिक सचिव विभागको प्रमुख थिए । सेनाभित्र सैनिक सचिव विभागलाई शक्तिशाली विभाग मानिन्छ । प्रधान सेनापतिको एकदम विस्वास पात्रले मात्र सैनिक सचिवको जिम्मेवारी पाउँछन् ।  सेनाको उपरथीका हिसावले भन्दा पनि सबैतिरबाट प्रमाण पुष्टि गर्दा गर्दै पनि एउटा नागरिकको हक खोसिएकाले आफू सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन गएको शाही नेपालवाचलाई बताउँछन् । ‘नेपाली सेनाको सहायक सेनानी पदमा प्रतिस्पर्धा गर्दा मैले शैक्षिक प्रमाणपत्रहरू, नागरिकता, चारित्रिक प्रमाणपत्र पेस गरेको थिए । त्यो मध्ये चारित्रिक प्रमाणपत्रमा कैफियत रहेको केही वर्ष अघि मात्र जानकारी पाएँ’, शाही भन्छन्, ‘त्यसपछि मैले म पढेको बुढानीलकण्ठ स्कुलको रेकर्ड अनुसार जन्ममिति सच्याईसकेको छु । बुढानीलकण्ठ स्कुलले हामीबाटै गल्ती भएको हो भनेर सच्याईदिईसकेको छ । तर, तत्कालीन रक्षामन्त्रीबाट ममाथि अन्याय भएपछि मुलुकको एक जना नागरिकको हैसियतमा न्यायालय गुहार्न वाध्य भएको हुँ ।’