बागमती प्रदेशसभाको बैठक असार १७ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिउँसो ३ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजित बजेट, राजश्व र आय व्यय माथि छलफल हुने बताइएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको उक्त बैठक बारे जानकारी दिएका हुन् । उनले बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने बताए । प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए ।
ताजा अपडेट
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
प्रतिक्रिया