NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कमानसिंहको मृत्युपछि डा. भट्टराईले उठाए शीर्ष नेताको नैतिकतामा प्रश्न

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार निधन भएका कमानसिंह लामाले नेताहरुबारे लेखेका विषय निक्कै गम्भीर रहेको बताएका छन् । बिहीबार निधन भएका नेकपाका केन्द्रीय सदस्य एवं सांसद लामाका विषयमा सामाजिक संजालमा लेख्दै भट्टराईले मृत्युशैय्यामा कसैले पनि झुटो नबोल्ने बताएका छन् । देशको शीर्ष नेतृत्वमा रहने जोसुकै व्यक्तिमा हुने नैतिक पतन क्षम्य नसक्ने उनको भनाई छ । ‘भनिन्छ(मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन। मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्। जतिसुकै तर्क र कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुन सक्दैन।चेतना भया !’ भट्टराईले फेसबुकमा लेखेका छन् । लामाको मृत्युपछि उनको एउटा हाइड्रो कम्पनीमा रहेको करोडौं सेयर रकमबारे नेकपाका नेता नारायणकाजी श्रेष्ठसँग संवाद गरिएको भिडियो सार्वजनिक भएको थियो । यसतर्फ पनि संकेत गर्दै भट्टराईले शीर्ष नेतृत्वको नैतिक पतन क्षम्य नहुने बताएका हुन् । मृत्युको ८ दिन अघि लामाले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो सम्पत्तिमाथि परिवारसहितले मनोमानी गरेको आरोप लगाएका थिए ।