कृषिमन्त्री अर्यालद्वारा स्याङ्जा-पाल्पा जोड्ने मोटरेबल पुल शिलान्यास

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलान्यास गरेकी छन्। सो पुलले स्याङ्जाको कालीगण्डकी र पाल्पाको बगनासकाली गाउँपालिका दपुर्क जोड्ने छ। गत भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नु पर्ने समयसीमा छ। गौरी पार्वती न्यु टेक्निकल जेभी कुपन्डोलले निर्माणको जिम्मा लिएको पुल पिएस र भ्याटसहित १५ करोड ३९ लाख २८ हजारमा सम्झौता भएको हो। १.७५ मिटर दायाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाइको हुने छ । एक सय २० मिटर लम्बाइको पुल दुई स्पान रहने सडक डिभिजन कार्यालयका प्रमुख भीमार्जुन कंँडेलले जानकारी दिए।
प्रतिक्रिया