NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने ओलीको संकेत

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई बदर गरेपनि ओलीले पदबाट राजीनामा नदिने संकेत दिएका छन् । ओलीले नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने आवाज उठ्दा ओलीले यस्तो संकेत दिएका हुन् । कृषि मन्त्रालयले बुधबार काठमाडौंमा आयोजन गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तत्काल पद नछोड्ने संकेत दिए । ‘अहिले यो सरकार छ । सरकार रहन्छ । विकासको काम अघि बढिरहेको छ,’ ओलीले भने, ‘तपाईहरु विकासको मार्गमा निश्चिन्त, निस्फ्रिक्री ढंगले अघि बढ्नुस् ।’ प्रधानमन्त्री ओलीले जस्तोसुकै अप्ठेरो परिस्थिती आएपनि आफूले सामना गरेर अघि बढ्ने जनाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष