घरायसी काम गराएकोमा श्रीमतीलाई ९ लाख क्षतिपूर्ति

चीनको राजधनी बेजिङस्थित एक अदालतले श्रीमतीलाई घरायसी काम गराएकोमा क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । बेजिङस्थित डिभोर्स गर्ने एक अदालतले विवाहपछि घरायसी काम गरेवापतकाे पारिश्रमिक स्वरुपको क्षतिपूर्तिवापत् ५० हजार युवान (७ हजार ७ सय अमेरिकी डलर) श्रीमतीलाई दिन आदेश दिएको हो । अहिले यो मुद्दाले इन्टरनेटमा निकै ठूलौ बहस सिर्जना गरेको छ । महिलालाई घरायसी काममा लगाएवापत् अदालतले दिएको आदेशअनुसारको क्षतिपूर्ति निकै कम भएको तर्क बहसमा उठिरहेको छ । चीनमा नयाँ नागरिकसंहिता लागू भएसँगै अदालतले यस्तो फैसला गरेको हो । अदालतको अभिलेखका अनुसार चेन थर भएका व्यक्ति आफ्नी श्रीमतीसँग डिभोर्सको लागि गत वर्ष अदालत पुगेका थिए । ती व्यक्ति र वाङ थर भएकी महिलाबीच सन् २०१५ मा विवाह भएको थियो । सुरुवातमा डिभोर्स गर्न नमानेकी ती महिला पछि भने डिभोर्स नै गर्ने निधोमा पुगेकी थिइन् । उनले आर्थिक क्षतिपूर्ति दिनुपर्ने माग राख्दै डिभोर्स गर्ने निर्णय गरेकी थिइन् । अदालतकाअनुसार उनका श्रीमानले कुनै पनि घरायसी काममा सहयोग नगर्ने र छोराको हेरचाह पनि नगर्ने भएकाले त्यसवापतको क्षतिपूर्ति दिनुपर्ने वाङको माग थियो । बेइजिङको फाङसान जिल्ला अदालतले उक्त महिलाकै पक्षमा फैसला गर्दै श्रीमान चेनलाई मासिक दुई हजार युवानअनुसार विवाहपछिको उनीहरु सँगै रहँदा काम गरेवापतको ५० हजार युवान क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । सामाजिक सञ्जालमा भने पाँच वर्षसम्म गरेको घरायसी कामवापत् ५० हजार युवान मात्रै दिनु उपयुक्त नभएको बहस चलिरहेको छ । ‘म छक्क परेको छु । पाँच वर्षसम्म पूर्ण रुपमा घरायसी काम गरेकी महिलालाई यति मात्रै क्षतिपूर्ति दिनु उपयुक्त होइन् । बेइजिङमा बच्चा हेर्ने महिलाकै वार्षिक तलब ५० हजार युवानभन्दा बढी हुन्छ ।’ सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन् ।
ताजा अपडेट
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
प्रतिक्रिया